हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए

37 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका कार्यकर्तालाई प्रवेशमा रोक लगाउँदै लखेटिएको छ ।

हिन्दु सम्राट सेनाका समर्थकहरूले श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तालाई जानकी मन्दिर प्रवेश गर्न नदिएका हुन् ।

अध्यक्ष साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर जाने कार्यक्रम तय भएको थियो । उनी आउने भएपछि स्वागतका लागि श्रम संस्कृति पार्टीका कार्यकर्ता तथा समर्थकहरू मन्दिर पुगेका थिए ।

सोही क्रममा उनीहरूलाई हिन्दु सम्राट सेनाका समर्थकहरूले मन्दिर परिसरबाट हटाएका हुन् ।

हिन्दु सम्राट सेनाका समर्थकहरूले विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङलाई निषेध गरिएको बताएका छन् ।

घटनाका विभिन्न भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।