कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा, आलु, प्याजदेखि फलफूल, च्याउ र माछासम्मका वस्तुको नयाँ मूल्यसूची सार्वजनिक गरिएको हो।
मुख्य मूल्यअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) रु ६०, आलु रातो रु २८, प्याज सुकेको (भारतीय) रु ४० र गाजर (लोकल) रु ६० कायम गरिएको छ।
त्यस्तै, बोडी (तने) रु १३०, घिउ सिमी रु ९०–१००, भटमास कोसा रु १७०, करेला रु ६०, भिन्डी रु ९० तथा विभिन्न सागसब्जीको मूल्य पनि निर्धारण गरिएको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो रु २६०, डल्ले च्याउ रु ४५०, राजा च्याउ रु ३२० र सिताके च्याउ रु १,००० तोकिएको छ।
फलफूलमा स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा प्रतिदर्जन रु २२०, कागती रु ३८०, अनार रु ५००, अङ्गुर (कालो) रु ४५० तथा एभोकाडो रु ८०० कायम भएको छ।
यसैगरी अदुवा रु १००, हरियो खुर्सानी रु १००, अकबरे खुर्सानी रु ६००, लसुन (चाइनिज) रु १९० तथा ताजा माछा (रहु) प्रतिकिलो रु ३४० निर्धारण गरिएको समितिले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया