प्रतिनिधिसभाकाे बैठकमा आज सांसदहरूले साेधेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिंदै

18 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा बुधबार सांसदहरुले साेधेका प्रश्नको जवाफ दिनुहुने भएकाे छ।

सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नुहुने भएकाे हाे।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएकाे छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित हुन यहि भदौ १ गतेको संसद् बैठकबाट रुलिङ गर्नुभएकाे थियाे।

साेही बैठकमा सभामुख अर्यालले प्रतिपक्ष दलको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रतिनिधिसभा बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहहलाई निर्देशन दिनुभएकाे थियाे।