पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता

60 Shares

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्किनुभएको छ । 
उहाँ बिहीबार दिउँसो साढे १२ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा गम्भीर घाइते हुनुभएका देउवा उपचारका लागि धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासहित सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । सिङ्गापुरमा स्वास्थ्योपचार गराएपछि उनी थाइल्याण्ड हुँदै काठमाडौँ अवतरण गर्नुभएको हो । विमानस्थलमा उहाँलाई स्वागत गर्न नेपाली काँग्रेसका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।