पर्वतारोही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि

62 Shares

काठमाडौं । पाकिस्तानको बोर्ड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्त’को शुक्रबार काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

उनको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, पूर्वसभामुख इन्दिरा रानामगर, सांसद, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्त, पर्वतारोहण व्यवसायी तथा आरोहीहरू उपस्थित भएका छन् ।

युक्तको पार्थिव शरीरमा गृहमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले नेपाली राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका युक्तको पार्थिव शरीरमा सभापति गगनकुमार थापाले पार्टीको झन्डा ओढाएर अन्तिम बिदाइ गरेका छन् ।

पर्वतारोहण क्षेत्रमा लामो समयदेखि सक्रिय गुरुङले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालमा २८ पटक सफल आरोहण गरेका थिए।

उनको परिवारमा बुबा/आमा, दिदी, श्रीमती र एक छोरा छन् ।