गृहमन्त्री गुरूङ सुनसरी घटनाका घाइते भेट्न अस्पतालमा पुगे

69 Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न बिहीबार राति विराटनगरको विभिन्न अस्पताल पुग्नुभएकाे छ। गृहमन्त्री गुरुङले विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पतालमा पुगेर घाइतेकाे स्वास्थ्यवस्थाकाे बारेमा जानकारी लिएको सचिवालयले जनाएकाे हाे ।

साेही क्रममा गृहमन्त्री गुरुङले घाइतको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएकाे छ। गृहमन्त्री गुरुङले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज पुगेर मृतकका आफन्तसँग पनि भेट गर्ने कार्यक्रम रहेकाे छ । यहि साउन १० गते सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।