गैरकानुनी भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अग्रिम भर्ना नगर्न सरकारको आग्रह

161 Shares

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानून विपरीत लिइएको भर्ना शुल्क तथा निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालत ले दिएको आदेशको कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा ले सोमबार जारी गरेको विज्ञप्तिमा शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गराउन, मापदण्ड विपरीत शुल्क नलिने व्यवस्था मिलाउन तथा गैरकानुनी रूपमा लिइएको शुल्क फिर्ता नगर्ने विद्यालयलाई कारबाही हुन सक्ने चेतावनी दिइएको छ।

साथै, सर्वोच्च अदालतको गत शुक्रबारको आदेश उल्लंघन गर्दै शैक्षिक सत्र अघि भर्ना लिने कार्य पनि दण्डनीय हुनेतर्फ मन्त्रालयले सचेत गराएको छ। मन्त्रालयका अनुसार आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुनेछ।