
काठमाण्डौ । दसैँ बिदाका कारण सेयर बजार एक साता बन्द हुनेछ। सेयर बजार अब एक साता नखुल्ने भएको छ । दसैँ बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दसैँ सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुनेछ ।
दसैँअघिको अन्तिम कारोबार हुँदा आज बजार ११.५१ अंकले बढेको छ । योसँगै बजार परिसूचक २६६३.५१ विन्दुमा कायम भएको छ । बजारमा आज २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज बजारमा १० वटा समूहका सूचक बढ्दा तीन वटा सूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट ट्रेडिङ समूहमा १.२८ प्रतिशतले भयो । होटल र अन्य समूहमा सामान्य गिरावट हुँदा बाँकी समूहको सूचक बढेका छन् । वृद्धि भएका समूहका सूचकको वृद्धि १ प्रतिशत भन्दा कम नै छ ।
आज बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डको मूल्य १० प्रतिशतले बढेको छ । सिक्लेस हाइड्रोको शेयर भने सोही बराबर घट्दै नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज युनियन हाइड्रोपावरको २४ करोड रुपैयाँ बराबरको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको ११ करोडको कारोबार भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया