55
Shares

काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एभर्टनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोलले हराएको छ ।
यस्तै म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ गोलले हराएको छ ।
अन्य खेलहरुमा बर्नली र नटिङघम फरेस्टले १–१ तथा ब्राइटन र टोटनहमले दुई–दुई गोलको बराबरी खेलेका छन् ।
यसैगरी क्रिस्टल प्यालेसले वेस्टह्यामलाई २–१, लिड्स युनाइटेडले उल्भ्सलाई ३–१ र फुलहमले ब्रेन्टफोर्डलाई ३–१ गोलले पराजित गरेको छ ।
प्रिमियर लिगमा आज तीन वटा खेल हुँदैछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया