299
Shares
कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिका ५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजु बहिनीको मृत्यु भएको छ ।
आइतबार साँझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर लिकेज भइ आगो लागेपछि १८ वर्षीया सोनाम यादव र उनका दाई २५ वर्षीय शिवकुमार यादव जलेर गम्भीर घाइते भएका थिए ।
जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको थियो । सोनामको मेडिकल कलेज भैरहवा र शिवकुमारको भारतको गोरखपुर उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया