काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ।
नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेसले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारका कामहरुलाई राष्ट्र हितका लागि सही मार्गदर्शन गर्नुपर्ने बताउनु भयो ।
वर्तमान समयमा जलवायु परिवर्तनको समस्या गम्भीर संकटको विषय भएकाले यसको न्युनिकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति यादवले जलवायु परिवर्तनले हुने वातावरणीय क्षति न्युनिकरणका लागि सञ्चारकर्मीले कलम चलाउँदै नीति निर्माणका तहमा रहेकाहरुलाई उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी रहेको बताउनु भयो ।
उहाँले उत्तरदायी पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनु वर्तमानको आवश्यकता भएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया