लाेकतन्त्रकाे विकल्प छैन, राजारानी अब तासकाे खेल मात्र हाेः गाेकुल बाँस्काेटा

476 Shares

काठमाडाैं । नेकपा एमालेका नेता एवं काभ्रे क्षेत्र नम्बर २ का सांसद गाेकुल बाँस्काेटाले लाेकतन्त्रकाे विकल्प नभएकाे बताउनुभएकाे छ । 

राजारानी आउने भनेकाे अब तासकाे खेलमा मात्र हाे भन्दै उहाँले यसमा लागेर समय खेर नफाल्न राजावादी समर्थक दलहरुलाई आग्रह गर्नुभयाे । 

प्रतिनिधिसभाकाे आजकाे बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै उहाँले भएका केही गल्ती सुधार गर्दै व्यवस्थालाई बलियाे बनाउनुपर्ने बताउनुभयाे । सरकारले ल्याएका नीति तथा कार्यक्रम उल्लेखनीय रहेकाले यसकाे समर्थनमा सबैले मत दिनु उचित हुने भन्दै बाँस्काेटाले कुनै बुँदामा पनि शंका नगर्न आग्रह गर्नुभयाे ।