आफ्ना सांसदहरूलाई एमालेको ह्वीप, 'वैशाख २८ गते संसद्‌मा अनिवार्य उपस्थित हुनु'

433 Shares

काठमाडाैं । सत्तारूढ नेकपा (एमाले)ले वैशाख २८ गते संसद्‌मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । 

वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम संसद्‌मा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित हुन एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले ह्वीप जारी गरेका हुन् । अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो । 

WhatsApp Image 2025-05-09 at 12.36.56.jpeg

'सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको ‘आ.व. २०८२/८३  को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ,' उनले जारी गरेको ह्वीपमा भनिएको छ । 

सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते निर्णयार्थ पेश गर्ने संसद्को कार्यसूची छ ।