काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको बिरुद्धमा रहेको बताएको छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस आतंकवादको बिरुद्धमा रहेको बताउनुभएको हो । उहाँले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताउनु भयो ।
काँग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्ने बताउनु भयो । उहाँले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको बताउनु भयो । काँग्रेस आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको बताउँदै उहाँले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया