307
Shares
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ। आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सीपल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।
आजकाे बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको व्यहोरासमेत जानकारी गराइने छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया