भारतमाथि पाकिस्तानको जवाफी आक्रमण, जम्मू विमानस्थलमा विस्फोट

77 Shares

काठमाडाैं । पाकिस्तानले भारतमाथि जवाफी आक्रमण गरेकाे छ । समाचार एजेन्सी एसियन न्यूज इन्टरनेशनलले पाकिस्तानले जम्मू लक्षित गरेर ड्रोन आक्रमण गरेको उल्लेख गरेको छ। 

बीबीसीको अर्काे समाचारमा जम्मू विमानस्थलमा विस्फोट भएको खबर प्रत्यक्षदर्शीले बताएका छन् । जम्मू विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसेको देखिएको छ । 

एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार विमानस्थलमा विस्फोट भएको थियो। प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार बजारहरू बन्द छन् भने  मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र शहरभरि बिजुली काटिएका छन् । 

यसैगरी बीबीसीका अनुसार पनि जम्मूका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् भने सम्पूर्ण शहरमा बिजुली आपूर्ति बन्द छ। कठुआका नागरिकहरूले दुई ठाउँमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बिजुली काटिएको छ।एजेन्सी