रविन्द्र मिश्रविरुद्ध थप अर्को मुद्दा, अनुसन्धान हुँदै

340 Shares

काठमाडाैं । राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रविरुद्ध अर्को मुद्दामा पनि अनुसन्धान अघि बढाइएको छ । 

गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रविरुद्ध यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।

बिहीबार पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान अघि बढाउन प्रहरीले म्याद लिएको छ । उनले इजलासमै आफूमाथि अर्को कालो टीका थपिएको भन्दै आपत्ति जनाएका छन् ।