
काठमाडौं । सन् २०२५ मा वैश्विक प्राकृतिक विपत्तिबाट बीमाको क्षति २०० अर्ब डलर नाघ्ने अनुमान गरिएको छ।
जेनेभा एसोसिएसनले सन् २०२० प्राकृतिक विपत्तिबाट वार्षिक १०० अर्ब डलरको बीमांकृत सम्पत्तिको क्षति भएकोमा यो वर्ष बढेर २०० अर्ब डलर नाघ्ने अनुमान गरेको हो । एसोसिएसनको प्रतिवेदन अनुसार सन् २०२५ मा बीमाको क्षति दोब्बर हुनेछ ।
विशेषगरी आँधी, बाढी, आगलागी र चट्याङबाट बीमांकृत थुप्रै भौतिक संरचना क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। जलवायु परिवर्तनले मात्र नभएर मानवीय निर्णयले पनि बीमाको क्षति बढाएको प्रतिवेदनमा ठहर गरिएको छ।
विशेषगरी एसियाली मुलुकहरुमा बीमा विस्तार सुस्त रहेको प्रतिवेदनमा उल्लेख छ। यसको मुख्य कारण बीमा र वित्तीय सचेतनालाई देशहरुले ध्यान नदिनु नै रहेको छ।एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया