अख्तियार दुरुपयोगसँग सम्बन्धित विधेयक विचाराधीन छः प्रमुख सचेतक बर्तौला

359 Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अख्तियार दुरुपयोग अनुसन्धानसँग सम्बन्धित विधेयक संसदमा विचाराधीन अवस्थामा रहेको बताउनुभएको छ ।

संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयमा पनि अनुसन्धान गर्न पाउनुपर्ने लगायतका प्रावधानहरु रहेकाले विधेयक छलफलमा रहेको जानकारी दिनुभयो । सरकारले कतिपय प्रचलित कानूनहरुमा समयानुकुल परिवर्तन गर्नुपर्ने अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धानसँग सम्बन्धित विधेयकपनि संशोधन ऐनमार्फत संसदमा दर्ता भएको उहाँको भनाइ थियो । 

विधेयक निष्कर्षमा पुग्न बाँकी रहेको र अब चाँडै नै निष्कर्षमा पुग्ने गरि अघि बढ्ने जानकारी दिनुभयो । सचेतक बर्तौलाले मन्त्रिपरिषद्को निर्णयमा पनि अख्तियारले अनुसन्धान गर्ने भन्ने विषय प्रमुख वहसको विषय भएको बताउनु भयो । अख्तियार दुरुपयोगसम्बन्धी विधेयकमा केही विषयहरुमा छलफल हुन आवश्यक रहेको जानकारी दिनुभयो ।