356
Shares
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
आजको बैठकले गभर्नर नियुक्तिसहितका विषयमा निर्णय लिनसक्ने बुझिएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा आजको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने सहमति भएको विषय बाहिर आएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया