प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

348 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ।