327
Shares
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
साेमबार एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि वैशाख ४ गते सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीकाे भाउमा भने घटबढ भएको छैन । साेमबार चाँदीको भाउ ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । मंगलबारका लागि नयाँ मूल्य भने तय भइसकेकाे छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया