काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै घर फर्कन आग्रह गर्नुभएको छ ।
सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । संविधान र मुलुकको अर्थतन्त्रको आधारमा गर्न सकिने काम गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले शिक्षकका प्रतिनिधिहरुलाई वार्तामा आउन समेत आह्वान गर्नुभयो ।
वर्तमान सरकार दमनकारी नरहेको उल्लेख गर्दै गर्न सकिने कामको लागि आन्दोलन गरिरहनु नपर्ने बताउनु भयो । उहाँले त्यसै आउने ऐनलाई हामीले ल्यायौं भन्नको लागि दुःख गरिरहनु नपर्ने भन्दै माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ५२ प्रतिशत फेल गराएर उनीहरुको भविष्यमा तरबार चलाइएको भन्दै यस सम्बन्धमा गम्भिर भएर सोच्नसमेत शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
हाल सरकारको नेतृत्व गरिरहेका दलहरुले नै ट्रेड युनियनहरुको आन्दोलनलाई बचाएकोसमेत प्रधानमन्त्री ओलीको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया