काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर र कुबेती दिनारको मूल्य घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ । यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो ।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरो १ को खरिददर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा भने पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा छ।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २७ र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९१ र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा थियो । कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०२ पैसा छ । आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १६ पैसा छ।
यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया