काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
दिनको पहिलो खेलमा दिउँसो १२ः३० बजे चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन अंक तालिकाको चौथो स्थानमा छ भने कर्णाली सातौँ स्थानमा रहेको छ ।
त्यस्तै, आजै अपराह्न ४ः३० बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने पोखरा अंक तालिकाको अन्तिम स्थानमा छ ।
लिग चरणका अन्तिम खेलका रूपमा रहेका आजका दुवै प्रतिस्पर्धाले अंक तालिकामा टोलीहरूको अन्तिम स्थान र वरीयता निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् । त्यसैले आजका खेलमा टोलीहरूले जितका लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया