9
Shares
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली सङ्घ (इयू) का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीबीच शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइटलीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।
भेटका क्रममा नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय सम्बन्ध, साझा चासो तथा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षले नेपाल–इयू सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी दिनमा सहयोग र सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा समेत विचार आदानप्रदान गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया