दसैँ घुमफिरको मुख्य सिजन, वर्षमा करिब २ लाख नेपाली विदेश भ्रमणमा

83 Shares

दसैँको समयमा नेपालीहरू घुमफिरका लागि विदेश जाने क्रम बढ्ने गरेको छ । अध्यागमन विभागको तथ्याङ्कमा सन् २०२१ देखि २०२५ सम्म पर्यटन तथा तीर्थयात्राका लागि वार्षिक औसत १ लाख ९९ हजार ९७६ नेपाली विदेश गएका छन् ।

यसले नेपालीको विदेश भ्रमणमा चाडपर्वको मौसम पनि महत्त्वपूर्ण रहेको देखाउँ छ । सन् २०२५ मा मात्रै पर्यटन तथा तीर्थयात्राका लागि २ लाख ३३ हजार १०८ नेपाली विदेश गएका थिए । अघिल्ला वर्षको तुलनामा विदेश भ्रमण गर्ने नेपालीको सङ्ख्या बढेको देखिन्छ ।

सन् २०२१ मा १ लाख १० हजार ५२१ जना विदेश गएकोमा सन् २०२४ मा यो सङ्ख्या बढेर २ लाख ७४ हजार ४२८ पुगेको थियो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले नेपाली ट्राभल एजेन्सीमार्फत विदेश घुम्न जानेहरूको परम्परागत प्रमुख गन्तव्य थाइल्यान्ड बताएका हो ।

तर, पछिल्लो समय थाइल्यान्डको भिसा प्रक्रिया र अग्रिम टिकट तथा होटल बुकिङमा देखिएका समस्याका कारण यात्रु तथा व्यवसायीले आर्थिक जोखिम बेहोर्नुपरेको विषय उठेको छ ।