सुनसरीमा नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

16 Shares

  सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार आज बिहान हनुमान् मन्दिरनजिक बुलबुल यादवको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

pakrau-768x543.jpgप्रहरीले उनीहरूसँगै एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।