टुँडिखेलमा सेनाको फूलपाती बढाइँ, हेलिकप्टरबाट पुष्पवृष्टि

19 Shares

काठमाडौं । नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ ।

यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो । त्यस्तै, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो ।

समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिनुका साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ गरिएको थियो ।

बडादशैंको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।