16
Shares
काठमाडौं । हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।
हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया