राष्ट्रपति पौडेलले जारी गरे दुई नयाँ अध्यादेश जारी

14 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश जारी गरिएको जनाएको छ ।