सदनमा शुरूदेखि अन्त्यसम्म अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरूलाई रास्वपाको निर्देशन

59 Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठकमा उपस्थिति कम हुन थालेपछि पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको शुरुदेखि अन्तिमसम्म अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको छ।

संसद्को उपस्थितिलाई थप व्यवस्थित गर्न रास्वपाले संसदीय दलले यस्तो निर्देशन दिएको हो । रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै सांसदहरूको नियमित र पूर्ण उपस्थिति सधैं अफेक्षति रहने बताउनुभएकाे छ।

‘तथापि, व्यावहारिक परिस्थितिहरूलाई ध्यानमा राख्दै संसद्को छलफललाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउनका लागि शून्य समय/समूहका आधारमा देहाय बमोजिमको न्यूनतम सङ्ख्या उपस्थिति तालिका निर्धारण गरिएको जारी सूचनामा भनिएकाे छ।’

समूहगत उपस्थिति तालिका तल उल्लेख गरिएकाे छ:

# असोज ८ गतेस् समूह ३, समूह ४ र समूह १ (अनिवार्य)
# असोज १२ गतेस् समूह १ र समूह २ (अनिवार्य)
# असोज १३ गतेस् समूह २ र समूह ३ (अनिवार्य)
# असोज १४ गतेस् समूह ३ र समूह ४ (अनिवार्य)
# असोज १५ गतेस् समूह ४ र समूह १ (अनिवार्य)
# असोज १६ गतेस् समूह १ र समूह २ (अनिवार्य)

यस बाहेक रास्वपा संसदीय दलले अतिरिक्त निर्देशन पनि दिएको छ । जसमा खाजा खाने समय समेत आलोपालो गर्न अनुराेध गरिएकाे हाे । त्यसैगरी कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेश हुने समयमा अनिवार्य तोकिएका सबै सदस्यको उपस्थिति रहनुपर्ने संसदीय दलले जनाएको छ ।