प्रहरी कर्मचारीका लागि ‘Wellbeing & Meditation’ कार्यक्रम, Isha Nepal को आयोजनामा सत्र सञ्चालन

58 Shares

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा नेपाल प्रहरी कर्मचारीको मानसिक तथा शारीरिक कल्याणमा केन्द्रित “Wellbeing & Meditation Sessions for Nepal Police Personnel” कार्यक्रम सञ्चालन गरिएको छ।

२०८३ साल असोज ७ गते Isha Nepal को आयोजनामा सञ्चालित उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, Isha Nepal का पदाधिकारी, अन्य प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक तथा अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा प्रशिक्षार्थी प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

प्रहरी संगठनमा कार्यरत कर्मचारीको व्यावसायिक जिम्मेवारीसँगै उनीहरूको कल्याण, मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सकारात्मक जीवनशैलीलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

कार्यक्रममा ध्यान तथा कल्याणसँग सम्बन्धित अभ्यास र सत्रहरू सञ्चालन गरिएको थियो। प्रहरी सेवामा कार्यरत जनशक्तिले उच्च जिम्मेवारी, व्यस्त कार्यतालिका तथा विभिन्न चुनौतीपूर्ण परिस्थितिमा काम गर्नुपर्ने भएकाले यस्ता कार्यक्रमले व्यक्तिगत wellbeing तथा कार्यक्षमतामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारीदेखि प्रशिक्षार्थी प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीसम्मको सहभागिताले कार्यक्रमलाई व्यापक बनाएको थियो।

Isha Nepal को आयोजनामा भएको उक्त सत्र नेपाल प्रहरीका कर्मचारीको समग्र wellbeing प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको बताइएको छ।