प्रधानमन्त्री शाहलाई रवि लामिछानेको शुभकामना

15 Shares

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुभकामना व्यक्त गरेका छन्।

लामिछानेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहको अमेरिका भ्रमण सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै नेपालको राष्ट्रिय हित तथा देशका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न भ्रमण अर्थपूर्ण हुने अपेक्षा गरेका छन्।

उनले प्रधानमन्त्री शाहको भ्रमण सफलताको कामना गर्दै ‘शुभेच्छासहित स–प्रेम शुभकामना’ व्यक्त गरेका छन्। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार न्युयोर्क प्रस्थान गरेका हुन्।