भरत दाहाल पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

18 Shares

काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई पक्राउ गर्नुको आधार र कारण खुलाउन आदेश दिँदै उनलाई अदालतमा उपस्थित गराउन भनेको हो।

दाहाललाई गत आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो। उनको पक्राउपछि छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।

भूराजनीतिक विषय र त्यसमा उच्चपदस्थ राजनीतिक व्यक्तिहरूको संलग्नताबारे उनले दिएको विवादास्पद अन्तर्वार्ता सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि दाहाल पक्राउ परेका थिए ।