‘एआई फोर्स’ गठन गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

14 Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एआई फोर्स’ गठन गर्ने घोषणा गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले शनिबार राति ट्रुथ सोसल मार्फत नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सल्लाहकार नियुक्त गर्ने योजनाकाे बारेमा जानकारी दिनुभएकाे हाे । यद्यपि, उनले दुवै योजनाको ढाँचा र तिनलाई लागू गर्ने तरिकाकाे बारेमा भने खुलाउनुभएकाे छैन । यो घोषणा अमेरिका र चीनबीच एआईमा वर्चस्व कायम गर्ने होडबाजी चलिरहेका बेला भएको हो ।

राष्ट्रपति ट्रम्पको बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने कार्यक्रम समेत रहेकाे छ। उहाँले आफ्नो प्रशासनले एआईलाई प्रवर्धन गर्ने बताउनुभयाे । सम्भावित गलत कार्यहरूको सामना गर्न विद्यमान आपराधिक तथा नागरिक न्याय प्रणालीको प्रयोग गरिने उहाँको भनाइ छ ।

यसअघि राष्ट्रपति ट्रम्पले सन् २०१९ मा ‘स्पेस फोर्स’ गठन गर्नुभएकाे थियाे।