देवानगन्जमा गोली चल्यो, एक जना घाइते

67 Shares

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा शनिबार साँझ गोली चलेको छ ।

गोली लागेर एक जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्प मल्लले जानकारी दिए ।

उनका अनुसार केहीबेरअघि गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको थियो । ‘केहीबेरअघि गोली चलेको खबर आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ। गोली लागेर एक जना घाइते भएको खबर छ,’ एसपी मल्लले भने ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको  छ।

गोली चल्नुको कारण तथा घटनामा संलग्न व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।