भारतीय उद्योगपतिलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

47 Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन्।

भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई अर्थमन्त्री वाग्लेले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ।

सीआईआई अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने वाग्लेले भारतीय उद्योगपतिलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीलाई लगानी विस्तार गर्न आग्रह गर्नेछन्।

त्यस क्रममा उनले लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितताका विषयमा नेपाल सरकारको धारणा स्पष्ट पार्नेछन्।

छलफलमा सीआईआईका पूर्वअध्यक्ष एवं आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुने सीआईआईले जनाएको छ।