नाडा अटो शोको उद्घाटन तयारी सेनाको बम स्क्वाड र कुकुरसहितको टोलीले सुरक्षा जाँच गर्दै

10 Shares

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज ’नाडा अटो शो २०२६’ को उद्घाटन गर्नेछन । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यो मेला १४ भदौसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । सेनाको बम स्क्वाड र कुकुरसहितको टोलीले सुरक्षा जाँच गरेको छ ।

अबको केही बेरमा उदघाटन हुने आयोजकले जनाएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेला १४ भदौसम्म सञ्चालन हुनेछ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने यस शोले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक र व्यावसायिक प्रतिबिम्ब प्रस्तुत गर्नेछ ।

करिब तीन लाख वर्गफुट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा सानाठूला गरी दुई सयभन्दा बढी स्टल रहनेछन् । त्यहाँ २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल र १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन राखिनेछन् ।