काठमाडौं । अविरल वर्षासँगै रामेछाप र सुर्खेतसहित देशका १९ जिल्लामा बिहीबार आकस्मिक बाढीको जोखिम रहेकाे पूर्वानुमान गरिएकाे छ ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे । बिहीबार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स-साना नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे छ ।
महाशाखाले साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको हाे । केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने महाशाखाको पूर्वानुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया