प्रधानमन्त्री सहित सरकार पुनर्गठनका लागि पहल गर्न रास्वपा सभापति लामिछानेलाई एमालेको आग्रह

27 Shares

नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीसहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकको निकाशका लागि तीन वटा विकल्पन रहेकोमा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गर्नुभयो । उहाँले तत्काल सरकार पुनर्गठन नगरिए राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनःस्थापनाका चारैदिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी समेत दिनुभयो ।

उहाँले वर्तमान सरकार सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारको कार्यशैलीले नागरिकको मौलिक हकमाथि समेत प्रहार भइरहेकोतर्फ समेत सचेत गराउनु भयो ।