सुनचाँदीको मूल्यमा गिरावट, सुन ताेलामा २७ सय रूपैयाँले घट्याे

14 Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार तोलामा २ हजार ७ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला ४ हजार ७ सय ५५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बुधबार तोलामा ४ हजार ५ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय ६० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।