बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेस

11 Shares

काठमाडौं । सरकारले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्को प्रतिनिधि सभामा पेस गरेको छ ।

सभाको सोमवारको बैठकमा महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले उक्त विधेयक सभामा प्रस्तुत गरेकी हुन् ।

विधेयक प्रस्तुत गर्दै मन्त्री बादीले बाल न्याय प्रणालीमा बालबालिकाको सर्वोत्तम हित र कानुनी विवादमा परेका बालबालिकाको संरक्षण प्रणालीलाई सुदृढ एवं संस्थागत गर्न उक्त विधेयक ल्याइएको बताइन् ।

सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई थप सुदृढ र समृद्ध बनाउन उक्त विधेयक अघि सारिएको बताइन् ।