22
Shares
सरकारले सडक तथा पुल संरक्षणका लागि मालवाहक सवारीको ओभरलोड नियन्त्रणमा कडाइ गर्ने भएको छ। प्रस्तावित सार्वजनिक सडक विधेयकमा तोकिएको भारभन्दा बढी सामान बोक्ने सवारीधनीलाई प्रतिपटक पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाका अनुसार कानुनी सीमाभित्र रहेर ढुवानी गर्ने सवारीलाई जरिवाना लाग्ने छैन। तर अत्यधिक भारका कारण सडक तथा पुलमा क्षति पुग्ने भएकाले एक्सल लोड सीमा अनिवार्य रूपमा पालना गराइनेछ।विशेष अनुमति लिएर ट्रान्सफर्मर, टर्बाइनजस्ता ठूलो उपकरण भने आवश्यक सुरक्षा व्यवस्था गरी ढुवानी गर्न सकिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया