काठमाडाैं उपत्यकासहित देशका २८ जिल्ला आज आकस्मिक बाढीको मध्यम जोखिममा

14 Shares

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका २८ जिल्लामा आइतबार आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आइतबार बुलेटिनमार्फत देशका विभिन्न जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो । आइतबार काठमाडाैं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्नुका साथै आकस्मिक बाढी आउने सम्भावना रहेकाे छ ।

 

साेमबार र म्गलबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले सावधानी अपनाउन बाढी महाशाखाले आग्रह गरेको हाे।