भरुवा बन्दुकसहित एक जना पक्राउ

15 Shares

काठमाडाैं । जिल्ला ओखलढुंगा मोलुङ गाउँपालिका-५ गोगुनडाँडामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

आज विहानी बिहान अन्दाजी ११ : ३० बजे मोलुङ गाउँपालिका-५ गोगुनडाँडा बस्ने अन्दाजी ३३ वर्षीय मोहन तामाङको घरमा भरुवा बन्दुक फेला परेको थियो ।

भरुवा बन्दुक फेला परेपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले तामाङलाई भरुवा बन्दुक तथा उक्त बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।