15
Shares
काठमाडौं । वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
बुधबार (साउन २७) राति पक्राउ परेका जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक श्रेष्ठलाई बिहीबार हतकडी लगाएर अदालतमा लगिएको हो ।
अदालत लैजानुअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।
उनको रिहाइका लागि पत्रकार आन्दोलनमा उत्रिएका छन् भने नेपाल बार एसोसिएसनले उनको पक्राउप्रति आपत्ति जनाउँदै विनाशर्त रिहा गर्न माग गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया