49
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ। आजको बैठकको सुरुवात सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वदेश फिर्तीको अवसरमा स्वागत गर्दै गरेका छन् । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापति थापाले बैठक सुरु गर्दै भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि गएका देउवा बिहीबार स्वदेश फर्किएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया