रोल्पामा पहिरोले ६ घरगोठ पुर्दा २ जनाको निधन, १० बेपत्ता

23 Shares

काठमाडाैं। लगातारको अविरल वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिंदा २ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले पहिरोमा परी २ जना गम्भीर घाइते भएकाे जनाएकाे हाे। थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले ६ वटा घर गोठहरु पुरिंदा अन्य १० जना बेपत्ता भएका छन् । बुधबार राति पौने ९ बजेतिर खसेको पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको ज्यान गएको प्रहरीले जनाएको हाे ।

पहिरोमा परी घाइते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ । घटनास्थल विकट रहेकाले थप विवरण संकलन भइरहेको प्रहरीले जनाएकाे हाे।