काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैलाई थुनामा पठाउने आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो । दुवैको बयान र थुनछेक बहसपछि अदालतले थुनामा पठाउने आदेश दिएको हो ।
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवालविरुद्ध पनि मुद्दा चलाइएको थियो ।
सोही मुद्दामा पौडेललाई भने साधारण तारिखमा छाड्न अदालतले आदेश दिएको छ । पौडेल साधारण तारिखमा छुट्दा भट्ट र अग्रवाल भने थुनामा पठाइएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया